ओ भ्रष्टाचारी ! तिम्रो मुख कत्रो हँ ? अब त अघाउनुपर्ने होइन ?

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2016 | 03:43:54 AM मा प्रकाशित

laxmi  sunrise bank

ओ भ्रष्टाचारी !
तिम्रो मुख कत्रो हँ ? अब त अघाउनुपर्ने होइन,
तिमी त सुरसा पो भएछौ सिंगै हनुमान निल्ने
तिम्रो पेट कत्रो हँ ? कहिल्यै नभरिने
तिमी त हन्तकाली पो भएछौ केही बाँकी नराख्ने
अब त अचाक्ली भएन र ?

मलाई त तिम्रो पेट फुटाउन मन लाग्छ
सम्झन्छु म महाभारतको इलबल राक्षसको भाइ
बातापी बनेर तिम्रो पेटभित्र पसौं,

अनि बातापीले ऋषिह?को पेट भेदन गरेर
बाहिर निस्किए जस्तै म पनि तिम्रो पेट
फुटाएर बाहिर निस्कन सकौं। 
तर डर पनि लाग्छ ओ भ्रष्टाचारी !

कतै तिमी बातापी पचाउने अगस्त्य ऋषि जस्तो प¥यौ
तिमीले मलाई नै पचाइदेउला भनेर
हो पक्कै सक्छौ पचाउन तिमीले
मैले देखिरहेको छु
ठूलठूला महल अनि पुलहरु पचाउन सक्ने
अग्नि ज्वाला समान तिम्रो पेट

ड्रमका ड्रम तातो अलकत्र र
सिंगै ट्यांकर तेल बियरझैँ
तनतनी पिउँदा नमर्ने तिम्रो तिर्खा,
अनि ग¥याम ग¥याम गिटी बालुवा चपाउने
तिम्रा तिखा दाँतह? देख्दै डर लाग्छ ।

त्यसैले त तिमीले कोसी, गण्डकी र महाकाली सजिलै पियौ
थुप्रै कलकारखाना, चियाबारी र
अजंगको लाउडा जहाज निमेषभरमै पचायौ
चारकोसी झाडी मात्र होइन
प्राडो पजेरो गाडी पचायौ
रातो पासपोर्ट बेचेको पैसाले पनि
तिम्रो भोक मरेन

भन्सार नाकाहरुमा तस्करी भएको
कैयौं क्विन्टल सुन, चाँदी पचायौ
शिविरका योद्धाको पैसा भनेनौ,
सुत्केरी भत्ता र वृद्धभत्ता त मामुली भयो
भूकम्पपीडितको पाल, चामल र
दाताले दिएको अर्बौं सहयोग निर्लज्ज भएर
पचायौ। 

राष्ट्रिय ढिकुटीको पैसा
औषधि उपचारको नाममा करोडौं पचायौ
राष्ट्रको सम्पत्ति बाबुको धन्सारको धान सम्झेर
आफूले बेहिसाब खायौ
आफ्ना नोकरचाकरलाई बाँडेर सक्यौ
त्यतिले नपुगेर अवकाश प्राप्त भीआईपीको नाममा
बचेखुचेको पनि डकार्ने भयौ

भन्थ्यौ तिमी सिंगापुर मात्र होइन
युरोप नै बनाउँछु देश
तर बनायौ विश्वको भ्रष्ट र कंगाल नम्बर एक
सुन्दर देशलाई प्रदूषित पा¥यौ,

शान्तिलाई कहिल्यै नफर्कने गरी डाँडा कटायौ
तिमी साह्रै चलाख रहेछौ भ्रष्टाचारी
विरोधमा उर्लन सक्ने लाखौं युवालाई
विदेश लघारेर यहाँ लुटको स्वर्ग खडा ग¥यौ
ओ भ्रष्टाचारी !

अब त तिम्रा पापका घडाहरु भरिइसके
मलाई त तिम्रो विनाश गर्न
पौराणिक ऋषि दधिचि बन्न मन लाग्छ
मेरा हाडहरुबाट इन्द्रले बत्रासुर राक्षसलाई
प्रहार गर्न बनाएको जस्तो
शक्तिशाली बज्र बनोस्
अनि एकै प्रहारमा
तिमी र तिमी जस्ता भ्रष्टाचारीहरुको 
अन्त्य हुन सकोस्
यस धरतीमा फेरि कहिल्यै प्रकट हुन नसक्ने गरी। 

धन्यवाद
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved