कांग्रेसका शीर्ष नेताको क्षेत्र तय, को कहाँबाट उमेदवार ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 26, 2017 | 05:33:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसले आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको २० उम्मेदवारको टुङ्गो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको संसदीय समितिको बैठकले शीर्ष नेताहरुको निर्वाचन क्षेत्रको टुंगो लगाएको हो।   

निर्वाचन प्रचार प्रसार समितिका संयोज नेता बालकृष्ण खाँणका अनुसार चिया ब्रेकपछि बस्ने बैठकले अन्य नामको टुङ्गो लगाउने छ। उनका अनुसार  

सभापति शेरबहादुर देउवा डडेलधुरा, रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री सशांक कोइराला नवलपुर १, प्रकाशमान सिंह काठमाडौं १, विमलेन्द्र निधि धनुषा ३, विजय गच्छदार सुनसरी ३, गोपालमान श्रेष्ठ स्याङजा २, पूर्णबहादुर खड्का सुर्खेत १, गगन थापा काठमाडौं ४, नविन्द्रराज जोशी काठमाडौं ८ मा चुनाव लड्ने भएका छन् ।

त्यसैगरी इलाम २ बाट केशव थापा, उदयपुर १ मा नारायण खड्का, उदयपुर २ मा नारायण कार्की, मोरङ ४ मा महेश आचार्य, मोरङ ६ मा शेखर कोइराला, सुनसरी ४ मा ज्ञानेन्द्र कार्की, सिन्धुली १ मा प्रेमचन्द्र दाहाल, सिन्धुली २ मा नरेन्द्र थापा, काभ्रे १ मा तिर्थ लामा, अर्जुनप्रसाद जोशी पर्वत, एनपी साउद कञ्चनपुर २, रमेश लेखक कञ्चनपुर ३ मा उमेदवार बन्ने टुंगो लागेको छ।

लोकतान्त्रिक गठबन्धनमा हुने बाँडफाँडपछि अन्य उम्मेदवारको टुङ्गो पनि छिट्टै लाग्ने खाँणले जानकारी बताए। उम्मेदवारबारे निर्णयमा पुगेपछि चुनावी घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी रहेको उनको भनाई छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved