दोस्रो चरणको निर्वाचनको लागि काठमाडौंको चार स्थानमा मनोनयन दर्ता हुने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 01, 2017 | 01:53:40 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधि तथा प्रदेशसभाको मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि भोलि कार्तिक १६ गते मनोनयन दर्ता हुदै छ । उमेदवार मनोनयनको समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

मनोनयन दर्ताको लागि काठमाडौंका चार ठाउँमा उमेदवारी दर्ता स्थान तोकिएको छ ।  जस अनुसार क्षेत्र नम्बर १, २, ३ र ४ को उमेदवारी दर्ता राष्ट्रिय सभागृहमा हुनेछ । क्षेत्र नम्बर ५ र ७ नम्बर निर्वाचन क्षेत्रको उमेदवारी दर्ता पञ्चेश्वर परियोजना कार्यालय थापागाउँमा हुने छ ।   ८ नम्बर निर्वाचन क्षेत्रको उमेदवारी दर्ता भू तथा जलाधार क्षेत्र संरक्षणको कार्यालय बबरमहलमा हुने छ भने क्षेत्र नम्बर ६, ९ र १० नम्बर निर्वाचन क्षेत्रको मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा हुने छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved