एमालेको यस्तो आश्वासनपछि कोमल वलीले फिर्ता लिईन उम्मेदवारी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 05, 2017 | 12:17:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेले टिकट नदिएपछि वाम गठबन्धकाविरुद्ध उम्मेदवारी दिएकी कोमल वलीले उम्मेदवारी फिर्ता लिएकी छिन्  । वलीले वाम गठबन्धनको आधिकारीक उम्मेदवार हिरा चन्द्र केसीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकि हुन् ।

केहि समय अघि राप्रपाबाट एमालेमा प्रवेश गरेकी वलीले  दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी थिइन्  । उनलाई उम्मेदवारी फिर्ता गरौँ एमालेले दबाब दिइरहेको थियो  । स्रोतका अनुसार एमाले केन्द्रीय नेतृत्वले वलीलाई चलचित्र बोर्डको अध्यक्ष बनाउने आश्वासन दिएपछि वलीले उम्मेदवारी फिर्ता लिएकि हुन् । 

त्यस्तै माओवादीका पोलिटब्यूरो सदस्य एंव पूर्वसभासद कुवेर वलीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । उनले क्षेत्र नं ३ (क) बाट प्रदेश सभा सदस्यका लागि बागी उमेदवारी दर्ता गराएका थिए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved