लगानी बोर्ड बैठक: माथिल्लो कर्णाली र अरुण तेस्रोको म्याद थप, मेट्रो रेलको डिपिआर बनाउने सहमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 13, 2017 | 12:55:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन अध्ययन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । 
लगानी बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको बैठकले काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालन लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको हो । 

राष्ट्रिय योजना आयोगले तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनकाअनुसार उपत्यकामा सञ्चालन गर्ने दुई मार्गमध्ये एउटा रेल विभागले र अर्को लगानी बोर्डले सञ्चालन गर्ने भन्ने उल्लेख थियो । लगानी बोर्डले अगाडि बढाउने मार्गको डिपिआर अगाडि बढाउन बोर्डको बैठकले निर्देशन दिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । 

त्यसैगरी बैठकले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थाका लागि एक वर्ष र अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि छ महिना म्याद थप गर्ने निर्णय गरेको उहाँले उल्लेख गरे । बैठकमा उपप्रधान तथा ऊर्जा मन्त्री कमल थापा तथा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थिति थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved