अन्धाधुन्ध खुँडा चलाउँदा तीन जनाको मृत्यु

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Nov 14, 2017 | 06:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

मकवानपुरको मनहरी गाउँपालिकामा खुँडा प्रहारबाट तीनजनाको ज्यान गएको छ । मनहरी-७ विजौनाका सुमन बराइलीले अन्धाधुन्ध खुँडा चलाउँदा स्थानीय सुदन धिताल उनका बुवा सिताराम र स्थानीय जितबहादुर ब्लोनको ज्यान गएको बताइएको छ।

प्रहरीका अनुसार खुँडा लागेर घाइते भएका सुदन र जितबहादुरको उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको भने सितारामको मनहरी स्वास्थ्य चौकीमा उपचारका क्रममा ज्यान गएको हो।  

मानसिक सन्तुलन गुमाएका बराइलीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दिलिप राज झाले जानकारी दिए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved