दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन: कमल थापा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 19, 2017 | 08:29:05 AM मा प्रकाशित

laxmi  sunrise bank

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको निधन प्रति विभिन्न नेताहरुले श्रद्धाञ्जली दिएका छन् यसै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उर्जामन्त्री कमल थापाले श्रद्धाञ्जली दिदै प्रचण्डपुत्र प्रकाश दाहाल व्यक्तिगत रुपमा असल मान्छे रहेको बताएका छन् । 

आइतबार बिहान असामयिक निधन भएका प्रकाशलाई टुइटर मार्फत श्रदाञ्जली दिँदै उनको निधनको खबरले स्तब्ध भएको बताएका छन्। साथै उनले सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन भनी कामना गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन् 'पुर्व प्रम पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र प्रकाश दाहालको आकस्मिक निधनको समाचारले स्तब्ध भएको छु।व्यक्तिगतरुपमा उनि असल मानिस थिए।दिवंगत आत्माको चीरशान्तिको कामना गर्दछु।प्रचण्डजी,सिताजी र सम्पूर्ण दाहाल परिवारमा यो असह्य पिडा सहनसक्ने शक्ति भगवानले प्रदान गरुन।हार्दिक समवेदना '। 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved