ट्वीट गर्दै सुष्मा स्वराजले भनिन 'हामीले केन्यामा बन्धक बनाईएका ७ नेपाली युवतीको उद्दार गरेका छौ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 04, 2018 | 09:56:05 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतले अफ्रिकी मुलुक केन्याबाट १० युवतीको उद्दार गरेको जनाएको छ । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सामाजिक संजाल ट्वीटर मार्फत ३ भारतीय र ७ नेपाली युवतीको उद्दार गरेको जानकरी दिएकी हुन् । 

उनले मानव तस्करीमा संलग्न समूहले ति युवतीहरुलाई केन्या पुर्याएको जानकारी दिदै उनीहरुको उद्दार भएको जानकरी दिएकी हुन्  । स्वराजले भनिन ' उनीहरुको पासपोर्ट र फोन समेत लिई तस्करहरुले उनीहरुलाई बन्धक बनाएका थिए , अहिले चेलीहरुलाई भारत फर्काईएको छ' । 

उनले यस बिषयमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया पुर्याई मुद्दा दायर गर्न लागेको समेत जानकरी दिईन ।

उद्दार गरिएका नेपाली युवतीहरु कहाँका हुन् र कसरी त्यहाँ पुगे बारे खुल्न सकेका छैनन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved