सिमेन्ट र डन्डीको मूल्य वृद्धिले उपभोक्ता मारमा, बिक्रेता भन्छन-मुल्य अझै बढ्छ

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jan 04, 2018 | 08:58:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सिमेन्ट रड लगायतका निर्माण सामाग्रीको मुल्य अप्रत्यासित रुपले बढेकाले उपभोक्ता मारमा परेका छन। सिजनकै समयमा निर्माण सामाग्रीको मुल्य बढ्दै गर्दा सर्वसाधारण मात्र नभई निर्माण व्यवसायीहरु समेत आन्दोलित बनेका छन। 

सिजनको समयमा माग बढ्दा मुल्य केहि वृद्धि हुँदा त्यसलाई सामान्य मान्न सकिन्छ। तर ब्यवसायीहरुले मौकामा चौका हान्ने प्रवृतिले भने समग्र निर्माण कार्य नै प्रभावित बनेको विश्लेषण गरिएको छ। 

एका तर्फ २०७२ वैशाख १२ गतेको विनास्कारी भुकम्पबाट भत्किएका घरहरु पुननिर्माण तथा निर्माणको क्रममा छन् भने देशभर ठुला ठुला संरचनाहरु बन्ने क्रममा छन। तर यहिबेला सिमेन्ट, रड, इट्टा, स्टिल लगायतका निर्माण सामाग्रीको मुल्य अप्रत्याशित रुपमा बढ्दा पुनर्निर्माणको काम सुस्त बनेको छ।

बिक्रेताहरुका अनुसार पछिल्लो केहि महिनामा मात्र सिमेन्टको मुल्य करिब १० प्रतिशत अर्थात प्रति बोरा १३० रुपैयाँसम्मले बढेको छ। त्यस्तै स्टिलको मुल्य समेत ह्वात्तै बढेको छ। 

आखिर सिमेन्ट रड लगातका निर्माण सामग्रीको मुल्य किन बढीरहेको छ ?

युनाइटेड सिमेन्टका प्रमुख ब्राण्ड म्यानेजर सुभाष खतिवडाका अनुसार सिमेन्टको माग अधिक हुने समय भएकाले सिमेन्टको मुल्य बढेको हो। 'उत्पादन भन्दा माग बढी छ, मुल्य केहि बढ्नु सामान्य हो' खतिवडाले भने। 

सिमेन्टको मुख्य कच्चा पदार्थ क्लिन्कर आफैं उत्पादन गर्नेको भन्दा बाहिरबाट आयात गर्नेको मुल्य बढी प्रभावित हुने उनको भनाई छ। बजार मुल्य सिमेन्ट ल्यान्डिङ हुने कुराले तय हुने भएपनि युनाइटेड सिमेन्टको मुल्य पछिल्लो समय प्रति बोरा ३० रुपैयाँले बढेको उनले बिजपाटिलाई बताए।

आफ्नै क्लिकंर प्लान्ट रहेको युनाईटेड सिमेन्टले ओपिसी सिमेन्ट उत्पादन गर्ने गरेको छ। जार मूल्य प्रतिबोरा ८ सय ६० रुपैयाँबाट अहिले बढेर ८ सय ९० रुपैयाँ पुगेको खतिवडा बताउँछन्    

जगदम्बा सिमेन्टका सेल्स म्यानेजर रोशन पाठकका अनुसार बाहिरबाट क्लिन्कर ल्याउँदा महँगो भएकाले सिमेन्टको मुल्य बढेको हो। 'क्लिन्कर नै महँगो भएको छ, त्यहि माथि रेलमार्ग हुँदै ल्याउँदा ट्रान्सपोर्ट खर्च पनि बढेको छ' पाठकले भने, 'कच्चा पदार्थ नै महँगो भएपछी स्वभावैले मुल्य बढ्नु सामान्य हो, सिजन सुरु हुन लाग्दा मुल्य बढेकाले आगामी दिनमा सिमेन्टको मुल्य बढ्ने मेरो अनुमान छ।'

क्लिंकरको मुल्य प्रतिटन साढे ७ हजार रुपैयाँबाट १२ हजार रुपैयाँ पुगेको पाठकले बताए। 'त्यहिमाथि भनेको समयमा कच्चा पदार्थ नपाउँदा उत्पादन क्षमता अनुसार उत्पादन नहुँदा लागत समेत बढेको छ' उनले भने। 

जगदम्बा सिमेन्टले ओपिसी र पिपिसी दुवै सिमेन्ट उत्पादन गर्दै आएको छ। जगदम्बाले ओपीसी सिमेन्ट प्रति बोरा ८५० रुपैयाँ र पिपिसी सिमेन्ट प्रति बोरा ७५० रुपैयाँमा बिक्रि गर्दै आएको छ। 

अर्घाखाँची सिमेन्टका सिनियर सेल्स एण्ड मार्केटिङ म्यानेजर रमेश थापाका अनुसार क्लिंकर र सिमेन्टमा प्रयोग हुने अन्य कच्चा पर्दाथको मूल्य बढेकोले सिमेन्टको मुल्य बढेको हो। 'कच्चा पदार्थको मुल्य बढेको छ, त्यसमा भाडा पनि बढेको छ, त्यसैले पनि सिमेन्टको मुल्य बढेको हो' थापाले भने। 

कच्चा पदार्थको मुल्य बढ्नुका साथसाथै सिमेन्टको माग समेत बढेकाले मुल्य बढेको हो। बजारमा अन्य सिमेन्टको मुल्य बढेर प्रति बोरा ९३० पुगेको बेलापनि अर्घाखाचीले ओपिसी सिमेन्ट प्रति बोरा ८५० रुपैयाँमा बिक्रि गर्दै आएको थापाको दाबि छ। 

आफुहरुले अन्य भन्दा सस्तोमा नै बेचेको भएपनि ७ सय ७५ रुपैयाँ प्रतिबोरा बिक्री भईरहेको सिमेन्ट अहिले प्रतिबोरा ८ सय ५० रुपैयाँमा बिक्री गर्नुपरेको उनको भनाई छ। अर्घाखाँची सिमेन्टको उत्पादन क्षमता दैनिक २५ हजार टन रहेको छ। 

शिवम सिमेन्ट सेल्स एण्ड मार्केटिङ प्रमुख केशब अर्यालका अनुसार एक बोरा सिमेन्टमा ७० रुपैयाँसम्म मूल्य बढेको छ। प्रति बोरा ९ सय १० रुपैयाँमा शिवम सिमेन्ट बिक्रि भएको उनले बताए।

स्टिलको मुल्य किन बढ्यो ?

सिमेन्टको मुल्यसंग संगै स्टिलको मुल्य समेत अप्रत्याशित रुपले बढ्दा उपभोक्ता मारमा परेका छन। अन्तराष्ट्रिय बजारमा नै स्टिलको कच्चा पदार्थ 'बिलेट' को मुल्य १०० अमेरिकी डलरले बढेको छ। जस कारण स्टिलको मुल्य बढेको हो। 

पन्चकन्या समुहका गोपाल वाग्लेका अनुसार पन्चकन्या स्टिलको मुल्य अत्यन्त न्यून मुल्यले बढेको छ। 'भारतबाट ल्याउँदा नै बिलेटको मुल्य बढेर आएको छ, त्यसमा गाडी भाडा समेत बढेको छ, त्यही पनि पन्चकन्याको स्टिल १ रुपैयाँले मात्र बढेको छ' उनले भने। 

आफुहरुले प्रत्येक महिनाको पहिलो दिन नै स्टिलको मुल्य सार्वजनिक गर्दै आएको उनले बताए। तर माग बढेसंगै अस्वस्थ प्रतिस्पर्धा बढेकाले पनि रडको मुल्य बढेको उनको भनाई छ। 'केहि कम्पनीका लागि उनीहरुको आपूर्ति क्षमता भन्दा माग बढी भयो, अब उत्पादन भन्दा माग बढेपछी मुल्य त बढी हाल्छ नि' उनले भने। 

अहिले बजारमा कमशल गुणस्तरका विलेट प्रयोग गर्नेहरुले बिगतको मुल्यको तुलनामा रडको मुल्य अत्यधिक बढाएका छन। हिमाल स्टिल र पन्चकन्याले स्टिल उत्पादन गर्दा गुणस्तरमा अव्वल मानिने विलेटको प्रयोग गरेपनि अधिकांश कम्पनीहरुले कमशल र मध्यम खालका विलेट प्रयोग गर्दै आएका छन। तर उनीहरुले नै ब्यापक रुपमा मुल्य बढाएका छन। पन्चकन्याले १ रुपैयाँले मुल्य बढाउँदा केहि कम्पनीले १५ रुपैयाँले मुल्य बढाएका छन। 

बजारमा विभिन्न ९ ब्राण्डका स्वदेशी डन्डीहरु उपलव्ध छन्। यी विभिन्न ब्राण्डको मूल्य फरक फरक पाइन्छ। ब्राण्ड र साइजअनुसार डण्डीको मूल्य फरक फरक पर्ने गरेको व्यवसायीको भनाई छ। हाल नेपालमा जगदम्बा, काठमाडौं, पञ्चकन्या, हिमाल, लक्ष्मी, गोइन्का, हुलास, बागेश्वरी र हामा ब्राण्डका डण्डीहरु छन्।

बजारमा विभिन्न ९ ब्राण्डका स्वदेशी डन्डीहरु उपलव्ध छन्। यी विभिन्न ब्राण्डको मूल्य फरक फरक पाइन्छ। ब्राण्ड र साइजअनुसार डण्डीको मूल्य फरक फरक पर्ने गरेको व्यवसायीको भनाई छ। हाल नेपालमा जगदम्बा, काठमाडौं, पञ्चकन्या, हिमाल, लक्ष्मी, गोइन्का, हुलास, बागेश्वरी र हामा ब्राण्डका डण्डीहरु छन्।

साइज (मोटाई) न्यूनतम ८ देखि ३२ मिलिमिटरसम्मको डण्डीहरु पाइन्छ। १ मिलिमिटरमा ०. ०३९३७ इन्च हुने गर्दछ।  

     

  




 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved