प्रदेश प्रमुख नियुक्ति अन्योलमा, आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 16, 2018 | 11:17:25 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ । सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशको अस्थाई मुकाम तोक्न आज दिउँसो ४ बजेको लागि मन्त्रिपरिषद्को बैठक डाकिएको थियो  ।

प्रधानमन्त्री शेर बहादुर देउवाले दलीय सहमति मै यी दुई बिषय टुंग्याउन चाहेका थिए । त्यसका लागि देउवाले एमाले र माओवादीका नेताहरुसँग अनौपचारिक छलफल गर्ने तयारी गरेका थिए । तर आज छलफल हुन् नसकेपछि मन्त्रिपरिषद बैठक नै स्थगित भएको हो ।

यद्यपि देउवाले आफ्नै पार्टीका शिर्ष नेताहरु संग भने आन्तरिक छलफल गरेका छन् । 

  देउवाले प्रदेश प्रमुख नियुक्ति दलीय भागबण्डामा गर्न ५ राष्ट्रिय दलसंग नाम माग गरेका थिए  । स्रोतका अनुसार कांग्रेसले अनुराधा कोइरालाको नाम टुंग्याएको छ  । त्यस्तै राजपाले उमाकान्त झा र संघीय समाजवादी फोरमले रत्नेश्वर लाल कायस्थको नाम देउवालाई दिएका थिए ।  तर एमाले माओबादीले प्रदेश प्रमुख नियुक्तिको काम सरकारको भएको भन्दै कुनै नाम नै दिएको छैन।  सो संगै दलीय भागबण्डामा प्रदेश प्रमुख नियुक्त हुने सम्भावना टरेको छ  । 

अब मन्त्रिपरिषद्को बैठक  बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी दिए । भोलीको बैठकले राजनीतिक संलग्नता नभएका, पूर्वन्यायाधीश, पूर्वप्रशासक, सामाजिक प्रतिष्ठा भएका व्यक्तिहरूलाई प्रदेश प्रमुख नियुक्त गर्ने सम्भावना छ। नियुक्ति विवाद रहित बनाउन समेत सरकारले गृहकार्य थालेको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved