'नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउ'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 24, 2018 | 03:51:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल र भारतबीचको सीमा विवाद अन्तर्राष्ट्रिय सीमाङ्कनका आधारमा टुङ्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले ‘पर्साको छपकैयामा भारतीय पक्षबाट भएको नेपाली भूमि अतिक्रमण’ सम्बन्धमा स्थलगत अध्ययन गरेपछि आज प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उनीहरुले नेपाल र भारतबीच रहेका सीमा विवाद अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको आधारमा टुङ्ग्याउनुपर्नेमा जोड दिए ।

सो अवसरमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले नेपाल र भारतबीच देखिएका सीमा समस्या अन्तर्राष्ट्रिय सीमाको आधारमा समाधान गर्नुपर्ने बताउँदै नेपालमा कालापानी र सुस्ता बाहेक कुनै पनि ठाउँमा सीमा समस्या र विवाद नभएकोले छपकैयामा सुगौली सन्धिको आधारमा सीमा नक्सा बनाएको स्पष्ट पारे ।

पहिलेको सीमा नक्सा अझै पूर्णता नभएकाले त्यसलाई पूर्णता दिने काम भइरहेको बताउँदै उहाँले सीमा नक्सामा भएका कमजोरी सच्चाई नेपालको भूमि भारतीय पक्षबाट अतिक्रमण हुन नदिने प्रतिबद्धता व्यक्त गरे । सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल र भारत दुबै छिमेकीमुलुक भएकाले आफ्नो अखण्डता र सार्वभौम कायम राखेर सीमा समस्या समाधान गर्नुपर्ने उल्लेख गर्दै दुई देशको सीमा प्राविधिकले कोरेको हुनाले दुबै देशको उच्चस्तरीय समूहले छपकैयाका विषयमा उठेका विवाद समाधान गर्नुपर्ने बताए ।

‘‘छपकैयाका विवाद अन्तर्राष्ट्रिय सीमा सिद्धान्तको आधारमा समाधान गर्नुपर्दछ’’ उनले भने–‘‘यदि छपकैयाका विषयलाई समाधान नगर्ने हो भने अरु ठाउँमा पनि विवाद आउन सक्दछ ।’’ सीमाविद् श्रेष्ठले छपकैयमा आएर भारतले सीमा अतिक्रमण गरको छैन भन्दै नेपालीले भोगचलन गरेको भूमि भारतमा परेको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा अनेरास्ववियुका पूर्वअध्यक्ष ठाकुर गैरेले छपकैयामा भारतीय पक्षले गाडेको पिलर हटाउनुपर्नेमा जोड दिदैं ‘‘छपकैयामा गाडिएको पिलर नहटाएपछि भारतले अन्य ठाउँमा पनि नेपालको भूमि अतिक्रमण गरेर पिलर गाड्न सक्दछ, त्यसैले अहिले गाडिएका पिलर हटाउनुपर्दछ,’’ भने । उनले सिंगो सीमाका बारेमा राष्ट्रिय नीति ल्याउनुपर्नेमा पनि जोड दिए ।

नेकपा (माओवादी केन्द्र)का सचिवालय सदस्य तथा क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेले देशभित्रको राजनीतिक देशभक्ति भावना नभएका कारणले पटक/पटक भारतले नेपाली सीमामाथि अतिक्रमण गरेको उल्लेख गर्दै नेपाल भारत सीमा समस्या बारे सरकारीस्तरबाट नै स्थायी समाधान खोज्नुपर्र्ने बताए ।

अनेरास्ववियुका अध्यक्ष नविना लामाले प्रतिवेदन प्रस्तुत गदै पर्साको छिपकैयामा मुख्य स्तम्भ ३९१ देखि ३९३ सम्म करिब १३८ फिटको दरले तीन किलोमिटर दुरीको ठाउँठाउँमा नेपाली प्रमाणित भूमि भारतले अतिक्रमण गरेको देखिएको जानकारी दिए ।

क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले सुगौली सन्धिका आधारमा सीमा नक्सा बनाइ पनि नेपालपक्षसँग नदी सीमानाको भरपर्दो तथ्याङ्क नहुने र नेपाली प्राविधिक टोलीको कमजोरीका कारण भारतीय पक्षले सीमा नक्सा गलत तरिकाले राखेको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved