व्यापारीको घरमा छलफल नगर्न ओली र प्रचण्डलाई बाबुरामको सुझाव

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Feb 18, 2018 | 04:23:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले एमाले अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई व्यापारीक स्वार्थ भएका व्यक्तिहरुको निजी निवासमा छलफल गर्नु राम्रो नहुने सुझाव दिएका छन्।

केहीदिन अघिसम्म ललितपुरका एक व्यापारिको घरमा छलफल गरेको र आइतबार पनि भक्तपुरका व्यापारी दुर्गा प्रसाईंको घरमा छलफल गरेको प्रशंगलाई जोड्दै बाबुरामले यस्तो सुझाव दिएका हुन्।

आइतबार दुर्गा प्रसाईंको घरमा छलफलपछि खानपान गरेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको विरोध भइरहेका बेला बाबुरामले यसले जनमानसमा गलत संदेश जाने भएकाले व्यापारीको घरमा छलफल गर्न नहुने सुझाव दिएका हुन्।

ओली– प्रचण्ड गोप्य वार्ताको खानपान !

ट्विटरमा सक्रिय बाबुरामले राज्य र पार्टीका जिम्मेवार नेताले व्यापारीक स्वार्थ भएका व्यक्तिका निजी निवासमा भेटघाट गर्नु राम्रो नहुने बताएका हुन्। उनले नियत राम्रो भए पनि त्यसले गतल सन्देश जानेतर्फ सजग हुन ओली र प्रचण्डलाई आग्रह गरेका छन्।

‘राज्य र पार्टीका जिम्मेवार नेताले व्यापारीक स्वार्थ भएका व्यक्तिका निजी निवासमा भेटघाट नगर्नु राम्रो हुन्छ’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘नियत राम्रो भए पनि त्यसले गलत सन्देश दिन्छ । क्रोनी क्यापिटालिस्म भनेकै यही हो।’ सँगै बाबुरामले माक्र्सको भनाइ उद्धृत गर्दै ट्विटमै भनेका छन् , ‘नर्क जाने बाटो पनि असल मनसायले बनाइएको हो।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved