उम्मेदवारी मनोनयन गर्न भण्डारी आफै जाने, कांग्रेसले राईलाई उठायो

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 07, 2018 | 08:59:42 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रपति निर्वाचनको लागि आज उम्मेद्वारी मनोनयन हुँदैछ । 

 सत्तारुढ दल एमालेको मंगलबार बसेको स्थायी समितिको बैठकले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै थप पाँच वर्षका लागि दोहो¥याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसै सुरु भएको बैठक राति १२ बजेसम्म बसेको थियो । 

एमाले पूर्वअध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि राष्ट्रपति उम्मेदवारमा दाबी गरेपछि निर्णय गर्न कठिन भएको थियो । भण्डारी र खनालको पक्षमा स्थायी समितिमा झण्डै बराबरीजस्तै सदस्य उभिएका थिए । 

नेपाली कांग्रेसले भने पूर्वसांसद कुमारी लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बिहीबार विहान बसेको बैठकले राईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी कांग्रेस नेता देवानसिंह राईकी छोरी हुन् । 

माओबादीको समेत समर्थनमा भण्डारी  सजिलै राष्ट्रपति चुनिने छिन् ।

यता उम्मेदवारी दर्ताका लागि भण्डारी आफै संसद भवन नयाँ वानेश्वर जाने भएकी छिन । उनी आफै १२ बजे संसद भवन गएर उम्मेदवारी दर्ता गराउने भएकी हुन्  । 

निर्वाचन आयोगले २९ फागुनमा राष्ट्रपतिको निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved