नवीना लामा सांसद भएपछि अनेरास्ववियु पुनर्गठन हुँदै, को को छन् नेतृत्वका आकांक्षी

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 07, 2018 | 02:06:48 PM मा प्रकाशित

laxmi  sunrise bank


नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्य भएपछि संगठनको पुनर्गठन गरिने भएको छ ।

अध्यक्ष लामा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि अनेरास्ववियुको नेतृत्व छोड्ने तयारीमा लागेकी छिन् । एकै व्यक्ति दुई पदमा बस्ने नपाउने एमालेको नीति अनुसार उनले अध्यक्ष पद छोड्न लागेकी हुन् ।  

नेकपा माओवादी केन्द्रसँग पार्टीको एकता हुन लागेकाले एमालेले आफ्ना भ्रातृसंगठनको महाधिवेशन रोकेपछि लामा केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्न लागिपरेको अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए । एमाले निकट अनेरास्ववियु र माओवदी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीबीच तत्काल एकता पनि सम्भव नहुने भएपछि संगठन क्रियाशिल बनाउन लामाले नेतृत्व छाड्न लागेकी हुन् । 


दुई वर्षे कार्यकाल रहने अनेरास्ववियु केन्द्रीय कमिटीको समयावधि पनि सकिसकेको छ । अनेरास्ववियुको २०७२ माघ २८ गते २२ औं राष्ट्रिय महाधिवेशन भएको थियो । 

लामाले नेतृत्व छाडेपछि संगठनका उपाध्यक्ष बर्तौला र रश्मि आचार्य, महासचिव ऐन महर र सचिव सुदेश पराजुली नयाँ नेतृत्वको दौडानमा देखिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved