अर्थमन्त्री खतिवडालाई सांसद पदको सपथ लिन बाटो खुल्यो, सर्वोच्चद्वारा ओलीको सिफारिस सदर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 07, 2018 | 04:19:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले केपी ओली सरकारले सिफारिस गरेका तीनै जना राष्ट्रिय सभा सदस्यलाई शपथ गर्न दिन आदेश दिएको छ ।अदालतले आज राष्ट्रियसभामा मनोनित तीन जना सांसादको सपथग्रहण रोक्न आफैले दिएको अन्तरिम आदेश खारेज गर्दै ओली सरकारले सिफारिस गरेका सदस्यको सपथ गर्न बाटो खोलिदिएको हो  ।

बुधबार सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने बाटो खेलेको छ ।न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रदान घिमिरेको इजलासले यस्तो आदेश दिएको हो । 

८ फागुन २०७४ मा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौडेललाई राष्ट्रिय सभा सांसद मनोनित गरेकी थिइन् । खतिवडा अर्थ मन्त्री समेत बनि सकेका छन् ।

राष्ट्रपतिले ओली सरकारले गरेको सिफारिस अनुमोदन गरेपछि देउवा सरकारले सिफारिस गरेका कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशी आफुलाई मनोनित गर्नु पर्ने भन्दै अदालत गएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved