राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध, घोषणा भने बुधबार हुने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 12, 2018 | 12:29:06 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभाको अध्यक्षमा गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमाले र माओवादी केन्द्रबाट तिमिल्सिनाले राष्ट्रियसभा अध्यक्षका लागि उम्मेद्वारी दर्ता गराएपनि अन्य पार्टीले उम्मेद्वार नउठाएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । तर निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ । 

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादीका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल रहेका छन् । तिमिल्सिना एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का सहसंयोजक हुन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved