यूएस बंगला विमान दुर्घटना: जसले विमानको झ्याल फुटाएर ज्यान बचाए

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 12, 2018 | 03:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको युएस बंगलामा परेका मध्ये दुई जनाले विमानको सिसा फुटाएर आफ्नो ज्यान बचाएको खुल्न आएको छ। 

बंगलादेशको ढाकाबाट नेपाल आएको विमान दुर्घटना हुँदा विमानमा सवार सनम शाक्य र आशिस रंजीतले बिमानको सिसा फुटाएर बाहिर निस्किएको उनीहरुको आफन्तले राजिब शाक्यले जानकारी दिएका छन। 

शाक्यका अनुसार विमानमा सवार दुवै जनाले विमानको सिसा फुटाएर बाहिर निस्केका थिए। उनीहरुलाई नर्भिक अस्पतालमा सामान्य उपचार पछि डिस्चार्ज गरिएको छ।      

विमानमा सवार दुवै जनाको आफन्तका अनुसार अवतरण हुनुपुर्व नै विमानले कोल्टो फेरेको थियो। अवतरणका लागि जमिनमा टेकेको केहि मिनेट लगभग २ मिनेटमा नै विमानमा आगोको मुस्लो देखिएको थियो। 

अहिलेसम्म प्राप्त जानकारी अनुसार विमानमा सवार ७१ मध्ये ४० जनाको मृत्यु भएको छ। यो संख्या अझै बढ्न सक्ने बताइएको छ। विमानमा सवार ७१ मध्ये ३३ जना नेपाली नागरिक र बाँकी बंगलादेश, चीन, माल्दिस्भका नागरिक रहेको बुझिएको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved