तीन मन्त्रालय थपिए, हेर्नुहोस् कुन कुन मन्त्रालय थपिए

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 16, 2018 | 09:39:12 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्र मन्त्रालय संख्या बढाउन सहमत भएका छन् । मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि तीन मन्त्रालय थप्न दुई दल सहमत भएका हुन् । 

तीन मन्त्रालय थपिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित अब मन्त्रालयको संख्या २१ पुगेको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि आर्थिक भार पर्ने भन्दै १७ मन्त्रालय बनाईने बताईए पनि मधेशवादी दललाई पनि सरकारमा सहभागी गराउन मन्त्रालय थपिएको हो । उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्रै मन्त्रालय राख्न सुझाव दिएको थियो ।

थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालय रहेका छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद मन्त्रालय फुटाएर शिक्षा र युवा तथा खेलकुद अलग अलग मन्त्रालय बनाईने भएको छ । श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई पनि फुटाएर श्रम तथा रोजगार र महिला तथा बालबालिका अलग अलग मन्त्रालय भएका छन् । 

संविधानमा संघीय मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय हुने ब्यबस्था छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved