ठुलो दुर्घटनाबाट जोगियो यति एयरलाइन्सको जहाज

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Mar 18, 2018 | 04:34:10 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँबाट २६ यात्रू लिएर उडेको यति एयरको जहाज ठुलो दुर्घटनाबाट जोगिएको छ । एति एयरलाइन्सको ८९३ कल साइन जहाज आइतबार साँझ काठमाडौंबाट यात्रु लिएर भैरहवा पुगेको थियो । अवतरण गर्ने बेलामा जहाजको अगाडीको पांग्रा नै अड्किएको हो ।

काठमाडौंबाट यात्रु लिएर भैरहवा पुगेको जहाज ल्याण्ड भएर पार्किक स्थलतर्फ जाँदै गर्दा विल लक हुँदा रनवेमै अड्किएको हो। ल्याण्डकै समयमा विल जाम भएको भए खतरा हुनसक्थ्यो। 

विल लक हुँदा जहाज रनवेमै अड्किएपछि गौतमबुद्ध विमानस्थल अहिले बन्द गरिएको छ ।रनवेमा अड्किएको जहाज बनाउँन काठमाडौंबाट इन्जिनियर जानु पर्ने भएकाले उडान सामान्य हुन समय लाग्ने भएको छ। गत सोमबार मात्र काठमाडौँ विमानस्थलमा युएस बांग्लाको बिमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको  थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved