पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई हदैसम्मको कारबाही माग गर्दै प्रहरीमा उजुरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 19, 2018 | 03:36:27 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध  प्रचलित कानून विपरीत नागरिकताको विवरण सच्याएको र शैक्षिक प्रमाणपत्र लिएको भन्दै  उजुरी परेको छ ।  महानगरिय प्रहरी परिसर टेकुमा आज सोमबार पत्रकार मदन भण्डारीले जाहेरी दर्ता गरेका हुन् ।  

उजुरीमा पराजुलीले नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रसम्बन्धी अपराध गरेको, नागरिकताको प्रतिलिपि बनाउँदा उमेर सच्याएकोशैक्षिक योग्यताका प्रमाणपत्रमै फरक उमेर भेटिएको र शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनु पर्ने ठाउँमा नबुझाएको उल्लेख गरिएको छ।  

जाहेरीमा सेवा प्रवेश गर्दा अर्को मिति शैक्षिक प्रमाणपत्रहरूमा अलगअलग मिति भएका पराजुलीले प्रधानन्यायाधीशको पद लम्ब्याउनको लागि शैक्षिक प्रमाणपत्रका कागजात न्यायपरिषद् सचिवालयमा समेत पेश नगरेको दाबी गरिएको छ। जाहेरीमा शैक्षिक प्रमाण र नागरिकताको बारेमा सत्यतथ्य छानविन गरी निजलाई हदैसम्मको कारबाही गर्न माग गरिएको छ ।

 जाहेरिमा भनिएको छ, ‘निज गोपाल पराजुलीको कार्य नागरिकता ऐन२०६३ को कानूनी व्यवस्थाविपरित भएकाले अनुसन्धान गरी निजलाई हदैसम्मको कारबाही गरि पाऊँ। त्यस्तै नेपाल ल क्याम्पस, परिक्षा नियन्त्रण कार्यालयजिल्ला प्रशासन कार्यालय जस्ता निकायबाट उनका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्रबारे सोधपुछ गरी आवश्यक कारवाही गर्न पनि जाहेरीमा माग गरिएको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved