बालकृष्णको ‘खाली खुट्टे’ सार्वजनिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 22, 2018 | 02:26:28 PM मा प्रकाशित

laxmi  sunrise bank

जनयुद्धकालीन विवादित मुद्दामा जेल जीवन विताइरहेका माओवादी केन्द्रका नेता एवम् पूर्व सभासद वालकृष्ण ढुङ्गेलको गीति एल्वम ‘खाली खुट्टे’ बिहीबार सार्वजनिक गरिएको छ । 

राजधानीमा राष्ट्रिय गानका रचनाकार प्रदिप कुमार राई (ब्याकुल माइला), पूर्व संचारमन्त्री राम कार्की, पूर्व शिक्षा मन्त्री धनिराम पौडेल, लेखक युग पाठक र बालकृष्णकी छोरी विनिता ढुङ्गेलले एक समारोहकाबीच एल्वमको विमोचन गरेका हुन् । संगीतकार चेतन सापकोटाद्वारा संगीत गरिएको एल्वममा गायिका अन्जु पन्त, शिव परियार, दिपक लिम्बू, रामचन्द्र काफ्ले र स्वयं चेतन सापकोटाले आवाज दिएका छन् । 

एल्वम विमोचन कार्यक्रममा बालकृष्णकी छोरी विनिताले गणतन्त्रका लागि लडेका आफ्ना पीताले सम्मानको सट्टा जेल जीवन विताउनु परेको गुनासो गरिन् । हाल डिल्लीबजार सदरखोरमा जेल जीवन बिताइरहेका गीतकार बालकृष्ण ढुङ्गेलको जन्म ओखलढुङ्गामा भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved