गाईबारे बोलेर आलोचित राधिका तामाङले दिईन यस्तो स्पष्टीकरण

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 26, 2018 | 05:43:43 PM मा प्रकाशित

laxmi  sunrise bank

गाईको बिषयलाई लिएर निकै आलोचना खेपेकी प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेकि छिन् ।

सोमबार एक पे्रस नोट जारी गर्दै उनले नेपाल तामाङ घेदुङले गृहमन्त्री समक्ष ध्यानाकर्षण गराएको घटनामा आफ्नो नाम जोडेर गरिएका गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकि छिन् । गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा आवेश पोख्ने र अमर्यादित गतिविधि हुनु दुःखद भएको उनले बताएकी छिन् । उनले व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई पैसा असुल्नेहरुबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको र यस्ता विषयलाई सम्बन्धित निकायसम्म पु¥याउनु आफ्नो कर्तव्य भएको भन्दै निर्दाेषले न्याय पाउनु पर्ने माग समेत गरेकि छिन् ।

देशमा धर्मनिरपेक्षता सहितको नयाँ संविधान जारी भएको र संविधानको मूल मर्मसँग बाझिएका कानूनहरु क्रमशः संशोधन हुँदै जाने भन्दै तामाङले यस विषयमा अनावश्यक वहस र गलत प्रचारको पछि नलाग्न आग्रह गरेकि छिन् । उनले गलत सूचना प्रवाह गरी सामाजिक सद्भावमा ठेस पु¥याउने, धर्म निरपेक्षता माथि प्रहार गर्नेसँग सतर्क रहन भनेकी छिन् । 

उपभामुख तामाङले जारी गरेको प्रेस नोट 

                                                                प्रेस नोट

मिति २०७४ चैत्र ७ गते नेपाल तामाङ घेदुङले मकवानपुर जिल्लाको हे.उ.न.पा. १२ पदमपोखरीको घटना सम्बन्धमा गृहमन्त्री समक्ष ध्यानाकर्षण गराएको घटना सन्दर्भमा मेरो नाम जोडेर गरिएका गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल तामाङ घेदुङले गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यनाकर्षण पत्रमा स्पष्ट रुपमा उल्लेख गरिएको छ र सन्दर्भवश म त्यस टोलीमा सहभागी भएको हो । तर केही अनलाईन मिडियाले नियोजित रुपमा मसँग केही नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई पनि ख्याल नगरी तथ्यलाई बंग्याएर जसरी प्रचार गरियो, यो सरासर झुठ र निन्दनीय छ । त्यही गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा आवेश पोख्ने र अमर्यादित गतिविधि समेत हुनु झनै दुःखद छ । मकवानपुरको घटनामा व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई सोझो गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने विचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको सन्दर्भमा यस्ता विषयलाई सम्बन्धित निकायसम्म पु¥याई न्याय प्रदान गर्नु सवैकोे जिम्मेवारी हो । गृहमन्त्री समक्ष यो विषयको ध्यानाकर्षण गराउनु मेरो कर्तव्य ठान्दछु र निर्दाेषले न्याय पाउनु पर्दछ भन्ने मेरो भनाइ हो । 

देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षता सहितको नयाँ संविधान जारी भएको छ । संविधानको मूल मर्मसँग बाझिएका कानूनहरु क्रमशः संशोधन हुँदै जानेछ । यस सन्दर्भमा अनावश्यक वहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु । साथै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साईबर कानुनको ख्याल गर्न पनि अनुरोध गर्दछु । यस्ता गलत सूचना प्रवाह गरी सामाजिक सद्भावमा ठेस पु¥याउने, धर्म निरपेक्षता माथि प्रहार गर्ने र पराजित मानसिकताबाट ग्रसित भै राजनीतिक अभीष्ट पूर्तिका लागि उत्तेजना फैलाउनेहरुसँग सतर्क रहन सबैमा आग्रह गर्दछु । 

१२ चैत्र, २०७४



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved