त्रिशुली गल्छी जलविद्युत आयोजना चिनियाँ लगानीमा बन्ने

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2018 | 08:12:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्घकाली पावर लिमिटेड कम्पनीले प्रबर्धन गरेको त्रिशुली गल्छी जलविद्युत आयोजनाको निर्माण चिनिया लगानीमा हुने भएको छ ।  चिनको सिचुवान प्रान्तको राजधानी छेदुङ स्थित डंगफांग ईलेक्ट्रीक कर्पोरेशन  र  सिद्घकाली पावर लिमिटेड कम्पनी बीच आजै लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । नुवाकोट र धादिङ जिल्ला बीच निर्माण हुने ७५ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाको निर्माण कार्य २०७५ साल श्रावणबाट सुरु भई ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । रु १५ अर्व ५० करोड लागत भएको उक्त परियोजनामा चिनिया कम्पनीले रु ९ अर्ब ८३ करोड लगानी गर्नेछ भने बाकी रकम नेपाली लगानीकर्ता मार्फत संकलन गरी परियोजना निर्माण सम्पन्न गरिनेछ । डंगफांग ईलेक्ट्रीक कर्पोरेशनटरवाईन तथा जेनेरेटर उत्पादन गर्ने विश्व प्रसिद्घ कम्पनीहरु मध्येको एक कम्पनी हो । यस परियोजनाको सिभिल कार्य उक्त कम्पनीको साझेदार कम्पनी चाइना रेल्वे ब्युरो २  गर्नेछ । यो कम्पनी हाल भेरी बबई सिचाई आयोजनाको सुरुङ निर्माण कार्यमा संलग्न रहेको छ । 

त्रिशूली गल्छी जलविद्युत परियोजनाको जडित क्षमता ७५ मेगावाट भएतापनि वर्षातको समयमा पर्याप्त पानी हुने हुदा यस परियोजनाले ८२.५ मेगावाट सम्म विद्युत उत्पादन गर्न सक्नेछ । यो एक बहुआयामिक परियोजना हुनेछ ।  यो परियोजनाको लागि त्रिशूली नदीमा बाँध बनाइने भएकोले उक्त नदीमा तलाउ निर्माण गर्न सकिनेछ । यो परियोजनाको विद्युत गृह राजधानीबाट नजिक भएकोले उक्त स्थलमा जलक्रिडा स्थल, भनभोज साथै धार्मिक पर्यटनको रुपमा विकास गर्न सकिनेछ । साथै यस परियोजना स्थल वरपर साना ठुला होटल तथा रिसोर्टहरु सञ्चालन गरि पर्यटकिय स्थलको रुपमा पनि विकास गर्न सकिने सम्भावना देखिएको छ । जसले गर्दा पोखरा तथा चितवन जाने पर्यटकहरुलाई आकर्षित गरि त्यस ठाउका स्थानिय जनताका लागि भरपुर रोजगारीको अवसर प्राप्त हुने सम्भावना गनि रहेको छ ।

चिनियाँ कम्पनीले  गरेको लगानी परियोजना निर्माण सम्पन्न भई संचालनमा आएको २ वर्ष भित्र फिर्ता गरि सक्नु पर्नेछ यस आयोजना लक्ष्मी बैक लिमिटडको अगुवाईमा सम्पन्न हुनेछ ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved