माधवकुमार नेपाल चीन प्रस्थान

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Apr 08, 2018 | 06:25:34 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेकपा (एमाले) का नेता माधवकुमार नेपाल सांघाई कोअपरेशन अर्गनाइजेसन (एससिओ) पिपुल्स फोरमद्वारा चीनको सियानमा आयोजना हुने ‘क्षेत्रीय शान्ति प्रवद्धन मानवताका लागि साझा भविष्य समुदायको संयुक्त निर्माण’ कार्यक्रममा भाग लिन गएराति त्यसतर्फ जानुभएको छ ।

एमाले विदेश विभागका प्रमुख एवं पूर्वप्रधानमन्त्री नेपालले त्यहाँ ‘साझा विकासका लागि रणनीतिक साझेदारी र क्षेत्रीय सहयोगको खोजी’ विषयमा बोल्नुहुनेछ । कार्यक्रममा नेपाल, भारत, चीन, कम्बोडिया, श्रीलंका, पाकिस्तान र टर्कीका नेताको पनि सहभागिता रहनेछ । 

एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव विष्णु रिजालका अनुसार नेता नेपालका साथमा एमाले केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा र सदस्य शिव भण्डारी पनि हुनुहुन्छ । उहाँहरु चार दिनपछि स्वदेश फर्कने कार्यक्रम छ ।

–रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved