एकता संयोजन समितिको बैठकमा जुटेन सहमति, बैशाख ९ मा एकता नहुने निश्चित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Apr 17, 2018 | 11:55:32 AM मा प्रकाशित

laxmi  sunrise bank

पार्टी एकता टुंगोमा लगाउन बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकले ठोस सहमति गर्न विफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि बैठक बसेको थियो। 

बैठकले विधान तथा संगठनात्मक प्रतिवेदनलाई अन्तिम रुप दिन नसकेकाले ९ गते एकता नहुने निश्चित भएको छ ।बैठकले विवादित बिषयलाई समधान गरी प्रतिवेदनलाई अन्तिम रुप दिन दुई अध्यक्षलाई जिम्मेवारी दिएको छ । 

यस अघि हिजो प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच २ घण्टासम्म भएको वान टु वान वार्ता भएको थियो ।   २ घण्टा लामो वार्ताले केहि ठोस सहमति गर्न नसकेपनि आज पार्टी एकता संयोजन समितिको बैठक राख्ने र त्यस बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएका थिए। 

सोहि अनुसार आज दुवै दलका शिर्षनेताहरु छलफलमा जुटेका थिए  । एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् । दुई दलबीच नयाँ पार्टीमा हुने प्रतिनिधित्व, चुनाव चिन्ह र विधानमा जनयुद्ध राख्ने विषयमा सहमति जुट्न सकेको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved