स्थापना दिवसकै दिन फुट्यो राजपा नेपाल

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 20, 2018 | 03:15:29 PM मा प्रकाशित

laxmi  sunrise bank

स्थापना दिवसकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ । राजपा नेपालका उपाध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पदाधिकारी र केन्द्रिय सदस्यहरु अलग्गिएर राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) घोषणा गरेका छन् । शुक्रबार घोषणा भएको पार्टीको महाधिवेशन नहुन्जेलसम्मको लागि ११ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ । तदर्थ समितिको संयोजकमा अशोक कुमार यादव, सह–संयोजकमा रीतेश कुमार सिंह, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह, कोषाध्यक्षमा मधुमाया यादव,सचिवहरुमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दिपेन्द्र यादव, केन्द्रिय तदर्थ समिति सदस्यहरुमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् । 

संयोजक यादवले ०६२/६३ को मधेश आन्दोलनमा ६३ जनाले ज्यान गुमाएको तर ज्यान गुमाउनेको नाममा सिमित परिवारले मात्रै सेवा सुविधा लिने गरेको आरोप लगाए । उनले भने ‘मधेश आन्दोलनमा मधेशी जनताले ज्यान गुमाए, तर यसको फाईदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्ष मण्डलका ६ जना र उनीहरुका परिवारमात्रै सुविधा लिन तल्लनी भए ।’ 

अध्यक्ष मण्डलले संविधान संशोधनमा कुनै भूमिका नखेलेको तर सत्तामा जान हतार गरेकोले आफूहरुले बाध्य भएर पार्टी फुटाएको संयोजक यादवले बताए । उनले भने,‘अध्यक्ष मण्डलका ६ जना सदस्यहरुले मुद्दा नै बिर्सजन गर्नुभयो, उहाँहरुले मधेशको मुख्य मुद्दालाई नै तिलाञ्जली दिनुभयो, यो जनताप्रतिको धोका र गद्दारी हो ।’ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved