असन्तुलित व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन बढाऔं : सभामुख

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 21, 2018 | 03:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख कृष्णबहादुर महराले देशको असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्ने बताएका छन् । डा. गणेशराज जोशीद्वारा लिखित ‘नेपालको कृषि अर्थतन्त्रः विकास, चुनौती र अवसरहरु’ पुस्तकको शनिबार काठमाडौंमा लोकार्पण गर्दै महराले देशको व्यापार सन्तुलन गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने बताए । ‘मुख्यगरी कृषिमा उत्पादकत्व बढायौं र कृषकहरुको सिर्जनशीलतालाई सही ढंगले सदुपयोग ग¥यौं भने आत्मनिर्भर बन्न देशभित्रै धेरै उत्पादन गर्न सक्छौं ।’ उनले भने । उनले भएको स्रोत, साधन र सीपलाई सदुपयोग गर्ने सही योजना बन्नुपर्ने पनि बताए । 

अर्थमन्त्री छँदा वीरगञ्जको एउटा दाना उद्योगमै विहारबाट ५ सय क्वीन्टल मकै आउने गरेको थाहा पाएको भन्दै सभामुख महराले देशमा धेरै मकै उत्पादन हुँदा पनि आफ्नो उत्पादनको व्यापार सन्तुलन मिलाउन नसकिएको स्वीकार गरे ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved