प्रदेश नम्बर ३ को अधिवेशन जेठ १ गते

निरोज कुमार थापा

निरोज कुमार थापा

May 07, 2018 | 02:06:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नं ३ को प्रदेशसभाको अधिवेशन आगामी जेठ १ गते बस्ने भएको छ । प्रदेशप्रमुख अनुराधा कोइरालाले नेपालको संविधान, २०७२ को १८३ धाराको उपदफा १ बमोजिम जेठ १ गते मंगलबार दिउँसो १ बजे हेटौँडामा बैठक बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेकी छिन् ।

सो वर्षे अधिवेशनमा आर्थिक वर्ष २०७५÷७६ का लागि अनुमानित बजेट प्रस्तुत हुनाका साथै केही सार्वजनिक हितका विधेयकहरु पनि पेश हुने र बजेटको विनियोजित छलफल कार्यक्रम सकिएपछि बजेट पारित हुने लक्ष्य राखिएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बुढाथोकीले जानकारी दिए । उक्त अधिवेशनको समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आवश्यक प्रेस पास एक हप्ताभित्र उपलब्ध गराउन सचिवालयले तयारी गरीरहेको छ ।

(रासस)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved