अर्थमन्त्री खतिवडा र गृहमन्त्री बादलको पदावधि आज टुंगो लाग्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 18, 2018 | 09:13:35 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रियसभाका सदस्यले आज सोमबार आफ्नो कार्यकाल कति वर्ष रहने भन्ने यकिन स्वयंले गर्दै छन्  । नेपालको संविधानको धारा ८६ अनुसार सो सभाका ५९सदस्यले गोलाविधिद्वारा आफ्नो कार्यावधि दुई, चार र छ कति वर्ष हुने भन्ने टुङ्गो लाग्ने छ । अर्थमन्त्री डा युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापा राष्ट्रियसभाको सदस्य हुन् । निर्वाचनको अङ्गकै रुपमा गोलाविधिद्वारा समयावधि निर्धारण कार्यक्रमलाई लिइन्छ । 

यसका लागि संघीय संसद् सचिवालयले महासचिवको संयोजकत्वमा आन्तरिक समिति र कार्यविधिसमेत बनाएको छ ।  सोमबार बिहान ११ः३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा गोलाविधिद्वारा समय निर्धारण हुने कार्यक्रम शुरु हुने छ  ।

 संविधानानुसार पाँच समूहमा राष्ट्रियसभाका सदस्य विभाजन गरिनेछ । पहिलो समूहमा सातै प्रदेशका तीन तीन गरी गरी २१ महिला सदस्यले गोलाप्रथा कार्यक्रममा भाग लिई समय निर्धारण गर्ने छन् । 

यसपछि सातै प्रदेशका एक एक गरी सात दलित सदस्य, सात अपाङ्गता भएका वा अल्पसंख्यक समूहका सदस्यले गोलाप्रथामा भाग लिने कार्यक्रम तय गरिएको छ । यसपछि अन्य समूहमा सातै प्रदेशका तीन तीन गरी कूल २१ र राष्ट्रपतिद्वारा मनोनीत तीन सदस्यले गोला छनोट गरी आफ्नो ‘भाग्य’ आफँ निर्धारण गर्ने छन् । 

गोलाप्रथामा सचिवालयले वर्णानुक्रमानुसार भाग लिने व्यवस्था मिलाएको छ । गोलाप्रथा विधिद्वारा राष्ट्रियसभाका ५९ सदस्यमध्ये २० जनाको छ वर्ष, २० जनाको चार वर्ष र १९ जनाको पदावधि दुई वर्ष हुनेछ । गोलाप्रथा छनोट गर्न सचिवालयले सेतो कागजमा रातो अक्षरमा दुई, चार र छ वर्ष लेखेर तयार पारेको छ । सो कागजलाई बट्टाभित्र राखी बन्द गराउने र यसपछि सांसदलाई झिक्न लगाई वर्ष तय गर्ने विधि तयार गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved