‘जनतासँग प्रधानमन्त्री’ एकै पटक ४ टेलिभिजनमा, झमेलामा फसेका कम्पनीका बिज्ञापन नबज्ने

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Jul 17, 2018 | 09:50:08 PM मा प्रकाशित

laxmi  sunrise bank

‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रम एकै पटक चार टेलिभिजनबाट प्रसारण हुने भएको छ। साउन २ देखि नेपाल टेलिभिजन लगायत एपी वान एचडी, हिमालय टेलिभिजन र एबीसी टेलिभिजनबाट ९ बजे एक साथ कार्यक्रम प्रसारण हुनेछ । 

एक घण्टा लामो यस कार्यक्रमको निर्माण कथा नेपालले गरेको छ भने कार्यक्रमको संचालन मनोज पाण्डेले गर्नेछन। कार्यक्रम निर्माणका लागि अनुसन्धानकर्ता, प्रोफेसर, पत्रकार, स्टोरी एडिटर, प्राविधिक, पब्लिसिटी र व्यवस्थापकीय गरी १५ जनाको टोली निर्माण गरिएको छ । यसबाहेक विषयगत रूपमा आवश्यकता अनुसार राष्ट्रिय योजना आयोग, तथ्यांक विभाग, विषयगत मन्त्रालय तथा विश्वविद्यालयहरूलाई समेत अध्ययन–अनुसन्धानका लागि अनुरोध गर्ने योजना कथा नेपालको छ । 

कार्यक्रमका लागि लाग्ने सम्पूर्ण खर्चको स्रोत व्यवस्थापन कथा नेपाल आफैंले गर्नेछ। एक घण्टा लामो कार्यक्रममा बिज्ञापन प्रशारणमा कथा नेपालले छुट्टै विज्ञापन नीति समेत बनाएको छ ।  

कार्यक्रममा झमेलामा फसेका कम्पनीको उत्पादन र सेवाको विज्ञापन बजाइनेछैन। कार्यक्रममा आयातीत सामान, गुणस्तर विभागले गुणस्तरहीन घोषणा गरेका स्वास्थ्यमा प्रतिकुल असर पार्ने जंकफुड, भ्याट, ट्याक्स वा कानुनि झमेलामा परेका कम्पनीहरुका बिज्ञापन नबजाइने कार्यक्रम प्रस्तोता तथा निर्माता मनोज पाण्डेले बताए।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved