भित्र डा केसी समर्थकहरुको घेरामा ,बाहिर प्रहरी र समर्थकबीच झडप, अस्पताल तनावग्रस्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 19, 2018 | 12:14:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक डा गोविन्द केसीको जीवनरक्षाका लागि काठमाडौँ ल्याउन सरकारले आज बिहान हेलिकोप्टर पठाएपछि त्यहाको अवस्था तनावग्रस्त भएको छ । 

 मन्त्रालयका सचिव खगराज बरालको टोली उनलाई लिन गएको हो । काठमाडौँबाट टोली पुगेकोले केसीको स्वास्थ्य अवस्था बुझ्न र केसीलाई काठमाडौँ लैजान समन्वय गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहितको टोली पनि अस्पताल पुगेको थियो । तर डा केसीका समर्थकहरुले डा केसीलाई घेरा हालेर राखेका छन् । समर्थकहरुले घेरा हालेर राखेका कारण मुख्य मन्त्री शाहीको टोलीले केसीलाई भेट्न पाएनन् ।  

शाहीको सरकारी टोली फर्किएपछि प्रहरीले बल प्रयोग गरी समर्थकलाई हटाउने प्रयास गरेको छ ।  प्रहरीले डा केसीका समर्थक माथि लाठीचार्ज गरी डा केसीसम्म पुग्ने बाटो खाली गराउन थालेको छ ।  केसीका समर्थकहरुलाई तितरवितर बनाउँदै अस्पताल परिसरमा प्रवेश गरेको टोलीले डा. केसीलाई हेलिकोप्टरमा हाल्ने तयारी गरेको छ ।

काठमाडौँ ल्याएपछि केसीलाई तत्काल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिने तयारी छ । 


गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ मन्त्रीसहितको बैठकले केसीको स्वास्थ्य खराब हुँदै गएकाले काठमाडौँ ल्याउने निर्णय गरेको हो ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved