यस बर्षपनि हज कमिटिमा दुई करोड भन्दा बढीको घोटाला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 05, 2018 | 10:20:40 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रत्येक बर्ष झैँ यस बर्षपनि हज कमिटि विवादमा तानिएको छ। नेपालबाट हजका लागि जाने हजयात्रीको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको नेपाल हज समितिले यस बर्षपनि दुई करोड भन्दा बढी रकम हिनामिना गरेको पाइएको छ। 

समितिले भिसा खर्च भन्दै प्रति हजयात्रीबाट ७२३।७० साउदी रियाल (नेपाली २० हजार ९८७ रुपैयाँ ३० पैसा) लिएको छ। नेपालबाट साउदी हजमा जानका लागि यस बर्ष १२०० जनाको कोटा छुट्याइएको छ। समितिका पदाधिकारी र हजयात्रीको सेवामा खटिने बाहेक करिब ११३९ जनाले यस बर्ष हजका लागि जाने तयारि गरेका छन र यो संख्या केहि बढ्न सक्ने बताइएको छ। 

हजमा जाने हजयात्रीको अहिलेको संख्या ११३९ जनालाई आधार मान्दा पनि हज समितिले २ करोड ३९ लाख ४ हजार रुपैयाँ हिनामिना गरेको देखिएको छ। 

हज समितिका अध्यक्ष मोहम्मद सोऐबले कम्प्युटरले देखाएको खर्च विवरण अनुसार नै आफुहरुले हजयात्रीबाट शुल्क लिएको बताएका छन। 'खर्च विवरणको शिर्षक कम्प्युटरले पठाएको अनुसार राखेका हौँ, कुनै तलमाथि भएको भए त्यसलाई सच्याउछौं, भिसा खर्च साउदी सरकारले लिएको हो, नेपालको दुतावासले होइन'  उनले भने। अध्यक्ष सोयबको जवाफले उनमा खर्च विवरण कसरि तयार हुन्छ भन्ने सामान्य ज्ञान समेत नरहेको देखिएको छ।  

त्यस्तै हजका लागि जाने हजयात्रीबाट मक्कामा बस्दाको खाना खर्चको बापत ६५० साउदी रियाल (१८ हजार ८५० नेपाली रुपैयाँ) लिइएको छ। खाना बापत लिइएको उक्त रकम समेत अनुचित भएको भन्दै हज समितिको चर्को आलोचना भएको छ।

प्रत्येक हजयात्रीले हजसमितिमा २ लाख २५००० का दरले पैसा बुझाएका छन। यद्दपी अहिलेसम्म प्रत्येक हजयात्रीलाई लाग्ने खर्च २ लाख १४ हजार ३५ रुपैयाँ तोकिएको छ। हज समितिले सरकारले प्रति हजयात्रीलाई खाना बापत उपलब्ध गराएको १००० रुपैयाँ सहित १० हजार ९६५ रुपैयाँ हजयात्रीलाई फिर्ता गर्ने निर्णय गरेको छ।   

हजयात्रीको टिकेट खरिद, मक्काको घर भाडा, सरकारले उपलब्ध गराउने सहयोग रकम जस्ता बिभिन्न बिषयमा हिनामिना गरेको भन्दै प्रत्येक बर्ष हज समिति विवादमा तानिने गरेको छ। अघिल्लो बर्षपनि साउदीको मक्काको घरभाडामा लाग्ने भन्दा बढी शुल्क लिइएको, सरकारले उपलब्ध गराएको सहयोग रकम हजयात्रीलाई फिर्ता नगरिएको, प्रत्येक १५ जना हजयात्रीबराबर एउटालाई हवाई टिकेट फ्री गरिएको रकम फिर्ता नगरिएको भन्दै यस अघिका हज समितिका अध्यक्ष तथा पदाधिकारीहरु बिबादमा तानिएका थिए।    


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved