निर्मला र सन्नीको परिवारलाई १० लाख राहत, आन्दोलन फिर्ता लिन आहृवान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 25, 2018 | 11:18:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको परिवारलाई दश लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। त्यस्तै पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनालाई सहिद घोषणा गर्दै उनको परिवारलाई दश लाख राहत दिइने निर्णय भएको छ। 

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। 

उनका अनुसार पन्तको हत्यामा संलग्नलाई कारवाहिको माग गर्दै भएको आन्दोलनका घाइतेहरुलाई निशुल्क उपचार र चिकित्सकले अंग भंग यकिन गरेका आन्दोलनकारीहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।   

सर्वदलीय बैठकले गरेका निर्णय सकारात्मक 

कञ्चनपुरकी १३ वर्षीया पन्तको हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिईएको छ।  

त्यस्तै कंचनपुरका प्रहरी जिल्ला अधिकारि, प्रजिअको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रुपमा लिएको मन्त्री बास्कोटाले बताए ।

निलम्बनमा परे एसपी विष्ट

एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका छन्। पन्तको बलात्कारपछि हत्या हुँदा कञ्चनपुरमा रहेका उनीमाथि घटनाको छाविनमा लापरवाहि गरेको आरोप छ। स्थानीयले उनकै छोराको भूमिका समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन।

बम दिदीबहिनी पक्राउ

प्रहरीले शनिबार बबिता बम र आँचल भनिने रोशनी बमलाई नियन्त्रणमा लिएको छ। स्थानीयले निर्मला गृहकार्य गएको घरका दिदीबहिनीलाई पक्राउ गर्न माग गरेका थिए।   

आन्दोलन फिर्ता लिन आहृवान

कंचनपुरमा शनिबार बसेको सर्वदलीय बैठकले आन्दोलन फिर्ता लिन आब्हान गरेको छ। स्थानीय प्रशासनले राजनीतिक दलहरुलाई आन्दोलन फिर्ता लिन आहृवान गरेपनि उनीहरुले आफूहरुको आहृवानमा नभई स्वस्फुर्त भएको भन्दै विरोधका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved