राजधानीका ६ स्थानमा फ्री वाईफाई, कहाँ कहाँ छ यस्तो सुविधा हेर्नुहोस्

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 02, 2018 | 02:24:16 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्री वाईफाई सेवा सुरु गरेको छ । इन्टरनेट प्रदायक कम्पनी वल्र्ड लिंकसँगको साझेदारीमा यी ६ स्थानमा फ्री वाईफाई सेवा सुरु गरिएको हो । 

आइतबार काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले फ्रि वाईफाई सेवाको उद्घाटन गरे । उनले काठमाडौंलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधि सम्बन्धि अन्य कामलाई पनि तीव्रता दिईने बताए । मेयर शाक्यले काठमाडौंको धर्मपथमा ‘स्मार्ट पाटी भवन’ निर्माण गर्ने पनि बताए । 

फ्रि वाईफाई सेवाका विषयमा काठमाडौं महानगरपालिका र वल्र्ड लिंकबीच गत चैत्र १८ गते सम्झदारी भएको थियो । यो सेवाका लागि महानगरपालिकाले कुनै पनि आर्थिक खर्च गर्नेछैन । वल्र्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका फ्रि वाईफाई सेवाको व्यवस्था गरिएको हो । यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ ।

सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाईफाई चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्ने वल्र्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिए । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved