बलात्कारीलाई १२ वर्ष जेल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 10:41:42 AM मा प्रकाशित

laxmi  sunrise bank

जिल्ला अदालत उदयपुरले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । 


जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका– ३ मोतीगडाका १९ वर्षीय हेमबहादुर कार्कीलाई १२ वर्ष कैदसँगै रु ५० हजार जरिवानाको फैसला गरेको हो । बालिकाका अभिभावकले अभियुक्त कार्कीविरुद्ध २०७४ भदौ १९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि कार्की पक्राउ परेका थिए ।

यस्तै जिल्ला अदालतले सोमबार बालिका बलात्कारको अभियोगमा ६२ वर्षीय सुढीलाल चौधरीलाई सात वर्ष जेल सजायका साथै रु ३० हजार जरिवानाको फैसलासमेत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved