नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 07, 2018 | 09:04:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन। भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकले झा लाई चार बर्षका लागि प्राधिकरणको अध्यक्षमा नियुक्त भएका हुन। 

अध्यक्षका आकांक्षी १५ जनाले फर्म भरेकोमा ३ जनाको नाम छनौट भएको थियो। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले अध्यक्षका लागि अन्तिम तीन जनामा झासंगै पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरूषोत्तम खनाललाई सिफारिस गरेको थियो। त्यस मध्ये एक नम्बरमा झाको नाम छनौट भएको हो।       

प्राधिकरणमा दिगम्बर झालाई अध्यक्ष नियुक्त गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्रोतले पुष्टि गरेको हो। झालाई यसअघि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेकोमा  केपी ओली नेतृत्वको सरकारले बर्खास्त गरेको थियो।सरकारको निर्णय विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका झाले एकाएक मुद्दा फिर्ता लिएर नेकपा सरकारलाई सहजीकरण गरिदिएका थिए। 

  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved