फेरी बढ्यो डिजेल र पेट्रोलको भाउ, यस्तो छ नयाँ मूल्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 09:39:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमको सोमबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ  डिजेल तथा  मट्टितेलमा ३ रुपैयाँ बढाउने निर्णय गरेको हो।  

बढेको मूल्य सोमबार मध्यरातदेखि लागु हुने निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर १ सय १४ , डिजेल र मट्टीतेल प्रतिलिटर १ सय १ रुपैयाँमा बिक्रिवितरण हुने छ। 

केही साता यता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको र अमेरिकी डलरको तुलनामा नेपाली तथा भारतीय मुद्रा कमजोर हुँदा घाटा बढेकोले मूल्य बढाउनु परेको जनाएको छ  ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved