तराईका बिपन्न परिवारको आर्थिक उपार्जनमा जुट्यो कतार च्यारिटी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 26, 2018 | 09:31:17 AM मा प्रकाशित

laxmi  sunrise bank

तराईका बिपन्न परिवारलाई आर्थिक उपार्जनका लागि बाख्रा वितरण गरिएको छ। अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था मध्यको कतारको सामाजिक संस्था कतार च्यारिटीको सहयोगमा चेतना सर्लाहीको आयोजनामा उक्त सहयोग वितरण गरिएको हो। 

सर्लाहीका सामाजिक रुपमा पछाडी परेका बिभिन्न समुदायका परिवारहरुलाई उनीहरुको जीविकोपार्जनमा स्तरोन्नतिका लागि त्यहाँका करिब १४४ परिवारलाई बाख्रा वितरण गरिएको कतार च्यारिटीका कन्ट्री म्यानेजर इर्शाद शेखले बताए। 

उनका अनुसार सर्लाहीको ईश्वरपूर नगरपालिका वाड नम्बर-१, पोखरियाका दलित, थारु, मुस्लिम तथा अन्य समुदायका आर्थिक रुपमा कमजोर परिवारलाई प्रति घर ३ वटा बाख्रा, खोर बनाउनका लागि २ वटा जस्तापाता र १६ वटा बोका वितरण गरिएको छ। 

सर्लाही र रौतहटका २६४ बिपन्न परिवारलाई बाख्रा वितरण गर्ने योजना अन्तर्गत पहिलो लटमा सर्लाहीका १४४ परिवारलाई वितरण गरिएको र दोस्रो लटमा रौतहटमा वितरण गरिने उनले बताए। बाख्रा वितरण मात्र नभई तीन महिनासम्म नियमित रुपमा पशु विशेषज्ञबाट रेखदेख र स्वास्थ्य परिक्षण समेत गरिने उनको भनाई छ। 

सर्लाही र रौतहटका बिपन्न परिवारलाई आर्थिक उपार्जनमा सघाउने लक्ष्यले ७२ लाख रुपैयाँ बराबरको लगानीमा यो प्रोजेक्ट संचालन गरिएको च्यारिटिले जनाएको छ। यस कार्यले त्यहाँका बिपन्न परिवारलाई आत्मनिर्भर बनाउने र आफैं आम्दानि आर्जन गर्न सिकाउने बिश्वास च्यारिटीको   छ।   

गत बर्ष मात्रै नेपालमा आफ्नो कार्यक्षेत्र बिस्तार गरेको कतार च्यारिटीले यस अघि पनि तराईका बिभिन्न जिल्लाका आर्थिक रुपले पछाडी परेका, भूकम्प तथा बाढीले प्रभावित, समाजमा पछाडी पारिएका समुदायका झन्डै २००० बढी परिवारहरुलाई करिब १ करोड रुपैयाँ बराबरको जस्तापाता तथा शैक्षिक सामग्री वितरण गरेको थियो। 

अरब मुलुकको सवैभन्दा ठुलो  गैह्र सरकारी संस्था मध्यको एक संस्था, कतार च्यारिटीले विश्वका करिव ३० भन्दा बढी मुलुकमा आफ्ना विकास निर्माण कार्यहरु सञ्चालन गर्दै आइरहेको छ। यो संस्था स्थापनाकाल देखि नै विश्वव्यापी गरिबीसँग लड्नका लागि मानविय सहायता र दिगो विकास कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । गत बर्ष मात्रै कतार च्यारिटी र समाज कल्याण परिषदविच पाँच बर्षे एकिकृत विकास परियोजना सम्झौतामा हस्ताक्षर भएको हो। 

कतार च्यारिटीको सहयोगमा तराईका बाढी पिडित परिवारलाई एक करोडको राहत सामग्री वितरण

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved