हुँदा खाने र हुनेखाने सबैलार्इ समेट्न सामाजिक सुरक्षा योजना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 27, 2018 | 09:22:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा लागू भएको घोषणा गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक कार्यक्रम मार्फत उद्घाटन गरेपश्चात औपचारिक रुपमा सामाजिक सुरक्षाका योजनाहरु लागू हुने जनाइएको छ। 

हुँदा खाने र हुने खाने,रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी भएको प्रधानमन्त्री कार्यालयद्वारा जारि बिज्ञप्तीमा उल्लेख छ। 

"श्रमको सम्मान गर्ने,सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाज अनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी आजैबट प्रवेश गर्दैछौं” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।  

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ २०७५ स्वीकृत गरेको छ।  कार्यविधिअनुसार सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकले चार प्रकारका सामाजिक सुरक्षा सुविधा प्राप्त गर्नेछन् ।

कोषबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनाअनुसारको सामाजिक सुरक्षा प्राप्त गर्नेछन् । औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले चिकित्सकको परामर्श सेवा, अस्पताल भर्ना तथा शल्यक्रियाको शुल्क, रोगको परीक्षण तथा उपचार खर्च, औषधिको बिल बमोजिमको खर्च प्राप्त गर्नेछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved