प्रधानमन्त्री ओलीद्वारा क्रिसमस डेको शुभकामना

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 24, 2018 | 11:30:44 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिसमस डेको अवसरमा शुभकामना व्यक्त गरेका छन। प्रधानमन्त्री ओलीले एक शुभकामना संदेश जारि गर्दै धर्म निरपेक्षता  संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख आधार भएको बताए। 

वहुभाषिक तथा वहुधार्मिक देश नेपालको विद्यमान संविधानले कुनै पनि धर्ममा आस्था राख्ने नागरिकप्रति भेदभाव नगर्ने कुराको प्रत्याभूति गरेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ। 

“सनातनकाल देखि वहुसंख्यक नेपालीले आस्था प्रकट गर्दै आएको धर्मका अतिरिक्त नेपालमा अन्य धर्म अवलम्वन गर्नेहरुले आ–आफ्नो आस्था अनुसारका धर्मकर्म र रीतिरिवाज अभ्यास गर्ने स्वतन्त्रता समेत सुनिश्चित गरिएको छ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved