गभर्नर नै २८ बर्षदेखि कालोसूचीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2019 | 08:38:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सुदूरपश्चिमका प्रदेश प्रमुख (गभर्नर) मोहनराज मल्ल २८ वर्षदेखि कालोसूचीका ऋणी भएको खुलासा भएको छ । मल्लले तीन दशकअघि लिएको ऋण नतिरेपछि २०४७ सालदेखि कालोसूचीमा राखिएको कर्जा सूचना केन्द्रको पछिल्लो तथ्यांकमा उल्लेख्च  छ । मल्लको नाम केन्द्रको कालोसूचीको ४४ र १२७ नम्बरमा उल्लेख छ । 

मल्ल, उनका भाइ मदनबहादुर लगायत मल्ल समूहले २०४१/०४२ सालमा नेपाल बैंकबाट ९८ लाख ५३ हजार रुपैयाँ ऋण लिएका थिए । ऋण लिएको तीन वर्षपछिबाट यो समूहले साँवाब्याज केही पनि भुक्तानी नगरेपछि २०४७ कात्तिक ३० देखि कालोसूचीमा राखिएको हो ।

यस आधारमा मल्ल प्रदेश प्रमुख हुन अयोग्य रहेको कानुनविद्हरूले प्रतिक्रिया दिए । तर उनी एक वर्षदेखि प्रदेश प्रमुखका रूपमा कार्य गरिरहेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved