प्रधानमन्त्री आउनुअघि चोभारमा प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2019 | 12:37:41 PM मा प्रकाशित

laxmi  sunrise bank

चोभारमा सुख्खा बन्दरगाह बनाउने निर्णय बिरुद्द स्थानीयले प्रदर्शन गरेका छन्  । बन्दरगाह शिलान्यास हुने दिन चोभार क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका हुन । कीर्तिपुर नगरपालिकाको चोभारमा बन्ने सुख्खा बन्दरगाहको आज प्रधानमन्त्रीले शिलन्यास गर्ने कार्यक्रम रहेको थियो । 

यसको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन । प्रदर्शन गर्ने स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  उनीहरुलाई कालिमाटी प्रहरी बृत्तमा राखिएको छ । आफ्ना माग पूरा नगरेसम्म चोभारमा बन्दरगाह निर्माण सुरु गर्न नहुने उनीहरुको माग छ । 

स्थानीयले बन्दरगाह बन्ने स्थानमा रहेको पुरानो हिमाल सिमेन्ट कारखानाले स्थानीय समुदायलाई पुर्‍याएको क्षतिको उचित राहत दिन सरकारसँग माग गरेका छन् ।  उनीहरूले बन्दरगाहभन्दा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण र पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्नुपर्ने माग राखेका छन्। 

सरकारले  उपत्यकामा मालसामान ढुवानी सहज बनाउन भन्दै सुख्खा बन्दरगाह  निर्माण गर्न लागेको हो। प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिलान्यास कार्यक्रम सुरु भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved