सिनामंगलमा बसको ठक्करले पैदल यात्रुको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2019 | 09:17:39 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको सिनामंगलमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ 

। सोमबार बिहान 

०५:३० बजेको समयमा  सिनामंगलको कार्गोगेट नजिक सडक खण्डमा कोटेश्वरवाट एयरपोर्ट तर्फ जादै गरेको बा.३ ख. ७०५७ नम्बरको बसले ठक्कर दिंदा जिल्ला सोलुखुम्बु , बाँसा न.पा. ९ घर भई जिल्ला काठमाण्डौं गैरीगाँउ बस्ने वर्ष ४९ को पदम कार्किको मृत्यु भएको हो । 



 

गम्भीर घाईते भई काठमाण्डौ मेडिकल कलेज सिनामंगल स्थीत उपचारको क्रममा उनको ६:३० वजे मृत्यु भएको हो । ठक्कर दिने बस महानगरी प्रहरी बृत गौशालाको नियन्त्रमा रहेको भएपनि बस चालक फरार रहेका छन् । उनको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved