रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाले धेरै शंका जन्माएको छ: योगेश भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 07:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा सदस्य योगेश भट्टराइले पर्यटनमन्त्री रबिन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाले अनेक आशंका उब्जाएको बताएका छन।  ताप्लेजुङमा आयोजित श्रद्धाञ्जलीसभामा बोल्दै भट्टराईले यस्तो बताएका हुन।  

यसअघि कहिलेयै पाथिभरामा सातजना एउटै हेलिकप्टरमा नलगिएको बताउदै भट्टराईले मन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनाले धेरै आशंका उब्जाएको बताएका हुन। 

भट्टराइले यसअघि सुकेटार वा फुङ्लिङको आर्मीे ब्यारेकमा राखेर केही यात्रु ओरालेपछि मात्रै लाने चलन रहेका स्मरण गराउदै यसपटक यस्तो किन गरियो भन्ने प्रश्न गरे। श्रद्धाञ्जलीसभामा बोल्दै उनले पछिल्लो पुस्ताबाट सम्भावना बोकेका यो सरकारका गतिशील मन्त्री रवीन्द्र अधिकारीलाई सम्झिए ।  सरकारले छानबिन समिति गठन गरिसकेकाले सत्यतथ्य बाहिर आउनेमा आफू विश्वस्त रहेको भट्टराईले बताए । 

हिमाली क्षेत्रको भूगोल विकट र मौसम पनि अनिश्चयको हुने हुँदा उक्त क्षेत्रको हवाई उडानमा विषेश ध्यान दिनुपर्नेमा सांसद भट्टराईको जोड थियो । पाथीभरा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न उच्च पदस्थ अन्तर्राष्ट्रिय व्यक्तिलाई भ्रमण गराउने प्रयास भइरहेको समेत भट्टराईको भनाइ थियो । 

‘पर्यटन व्यवसाय ताप्लेजुङको समृद्धिको आधारस्तम्भ हो,’ उनले भने, ‘त्यसैले यो जिल्ला सुरक्षित रहेको सन्देश दिन भारतको पश्चिम बङ्गाल र सिक्किमका मुख्यमन्त्रीलाई छिट्टै ल्याउने प्रयास गरिरहेका छौं ।’

ताप्लेजुङको घुन्सामा २०६३ सालमा पनि हेलिकप्टर दुर्घटना हुँदा तत्कालिन वन राज्यमन्त्री गोपाल राई र भूगोलविद हर्क गुरुङसहित २४ जनाको मृत्यु भएको थियो । दुवै दुर्घटनामा निधन भएकाको स्मृतिमा फुङ्लिङमा स्मृति पार्क बनाउने समेत सांसद भट्टराईले घोषणा गरे । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved