राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला, १५ करोडको कारोबार गर्ने लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2019 | 06:11:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य माहासंघको राजधानीमा चैत्र १४ गतेदेखि ४ दिनसम्म नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्ने र नेपाली उत्पादनहरुको अन्तराष्ट्रिय बजार प्रबर्दन गर्न मेलाको आयोजना हुन् लागेको हो ।  

  मेलामा नेपाल, भारत, चिन, बंगलादेश, लगायतका देशका २ सय २५ बढी स्टल रहने छन् ।  चीनको ९०, भारतको १० , बंगलादेशको ४० र स्वदेशी ८५ गरी गरी जम्मा २ सय २५ स्टलहरु हुने आयोजकले जनाएको हो  । एक करोड ५ लाख खर्च हुने उक्त मेलामा १५ करोडको कारोबार हुने नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । नेपाल सरकार वाणिज्य मन्त्रालय,उद्योग वाणिज्य संघ र हस्तकला महासंघको सह आयोजनामा उक्त मेला हुन लागेको हो । 

मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादनहरु, एनतीआईएस प्रोडक्टहरु, नेपाल व्यापार एकीकृत रणनीति, २०१६ मा समेटिएका अदुवा, चिया, पस्मिनालगायत नेपाली उत्पादन रहनेछन् । मेलाकै क्रममा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य रहेको महासङ्घले जनाएको छ ।  

 स्वदेशी र विदेशी गरी करीब एक लाखले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । मेलाले समग्र मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुर्याउने आशा एवं बिश्वास महासंघले लिएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved