एकहप्ता दैनिक ५ घण्टासम्म लोडसेडिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2019 | 10:47:28 PM मा प्रकाशित

laxmi  sunrise bank

चितवनको भरतपुर सबस्टेशनमा रहेका ‘फिडर’ मा एकहप्तासम्म दैनिक चारदेखि पाँच घण्टासम्म विद्युत्भार कटौती हुने भएको छ । शुक्रबारदेखि सो सबस्टेशनका १५ एमभिएका ट्रान्सफर्मर हटाएर ३० एमभिएका ट्रान्सफर्मर राख्ने काम शुरु गरिएकाले दैनिक तीन पटकसम्म गरी पाँच घण्टा विद्युत्भार कटौती गरिने विद्युत् प्राधिकरण कार्यालयका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए ।

“एक हप्तासम्म १५ एमभिए ट्रान्सफरमर परिवर्तन गरी सक्छौ”, उनले भने , “यो काम सकेपछि २२ एमभिएका ट्रान्सफर्मर पनि परिवर्तन गर्ने र ३७ एमभिए क्षमतालाई ६० पु¥याउछौ ।” बढ्दो शहरीकरणसँगै अत्यधिक विद्युत्को माग र ट्रान्सफरमरले लोड नधानेपछि क्षमता वृद्धि गर्नु परेको उनले जानकारी दिए   । प्रमुख महतोले यो समयमा माडी, चनौली, गीतानगर, रामपुर फिडरमा जोडिएका ग्राहकको विद्युत आपुर्ती बन्द नहुने बताए  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved