होटल याक एण्ड यतिमा प्रहरीको छापा, १२ भारतीय पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2019 | 02:50:45 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले राजधानीको दरबारमार्गबाट १२ जना भारतीयलाई पक्राउ गरेको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा छापा मार्ने क्रममा १२ भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

महानगरीय प्रहरी परिसरको नियन्त्रणमा रहेका उनीहरु भारत उत्तर प्रदेशका हुन् । पक्राउ परेका उनीहरुलाई नेपालमा अवैधानीक तवरबाट नेटवर्किङको काम गरिरहेको आरोप लागेको छ । परिसरका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार उनीहरुमाथि राष्ट्र बैंक, केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नियन्त्रणमा रहेका उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved