उपत्यकाको ३ स्थानमा फेला परेको बम डिस्पोज, नागढुंगामा बिस्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 08:36:26 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको विभिन्न ३  स्थानमा भेटिएको बम डिस्पोज गरिएको छ । ग्वार्को , सानेपा र लगनखेलमा फेला परेको कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । 

ग्वार्कोमा बम फेला परेपछि सातदोबाटो ग्वार्को कोटेश्वर सडक खण्डमा सवारी आवागमन प्रभावित भएको थियो । अहिले भने सवारी आवगमन सुचारु भएको छ। 

उता नागढुङ्गाको इँटाभट्टा नजीकै बम विस्फोट भएको छ । बिस्फोटमा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ। घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परिचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए। लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ। अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

यो पनि : 

बम बिस्फोटपछि बसेको आकष्मिक बैठकले गर्यो यस्तो निर्णय

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved