त्रियुगा नगरपालिकाले बाँड्यो पत्रकारलाई ल्यापटप, अहिले नपाउनेलाई अब अर्को बर्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 04:41:45 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुरको त्रियुगा नगरपालिकाले पत्रकारलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाले जिल्लाको गाइघाटलाई केन्द्र बनाएर पत्रकारिता गर्दै आएका ३० पत्रकारहरुलाई एक÷एक थान ल्यापटप बाँडेको हो । 

मेयर बलदेव चौधरीले पत्रकारलाई ल्यापटप हस्तान्तरण गरेका थिए । निष्पक्ष र सत्य समाचार लेख्नमा सहयोग पुगोस् भनेर पत्रकारलाई ४५ हजार रुपैयाँ प्रतगोटाका ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले प्रविधि हस्तान्तरणमा १२ लाख रुपैयाँ विनियोजन गरेको थियो । यसपटक ल्यापटप नपाउने पत्रकारलाई अर्को वर्ष वितरण गरिने नगरपालिकाले बताएको छ । 

नगरपालिकाका सूचना अधिकारी विश्वजित राईका अनुसार पत्रकार कौशल चेम्जोङ संयोजकको समिति बनाएर ल्यापटप वितरणका लागि पत्रकारको नाम छनोट गरिएको थियो । नेपाल पत्रकार महासंघ, उदयपुर शाखाका अध्यक्ष भरत खड्काले स्थानीय पत्रपत्रिका तथा रेडियो आर्थिक रुपमा धरासायी भएको भन्दै नगरले सहयोग गरेको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved