काङ्ग्रेसको अवरोधका कारण संसद बैठक स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2019 | 10:38:03 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । गुठी विधेयकविरुद्ध आन्दोलित गुठियारहरुमाथि सरकारले दमन गरेको भन्दै काङ्ग्रेसले विरोध जनाएको हो ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले गुठियारमाथिको दमन र गुठी विधेयकप्रति आपत्ति जनाएका थिए । त्यसलगत्तै सभामुखले नेकपाकी सांसद भुसाललाई बोल्न समय दिए पनि कांग्रेस सांसदहरु उभिएर विरोध गरे । सभामुखले सोही विषयमा भुसालले बोल्न चाहेकाले सुन्न आग्रह गर्दा पनि कांग्रेस सांसदले विरोध जनाएर होहल्ला गरे । तरपनि भुसालले आफ्नो भनाइ राखिन् । उनले गुठी बिधेयक संस्कृति समाप्त पार्ने ढंगले आएको भन्दै विधेयक र गुठियारमाथिको दमनको विरोध गरिन् ।

सांसदको माग अनुसार भूमिसुधारमन्त्री पद्मा अर्यालले गुठि विधेयको पक्षमा बोलेपछि कांग्रेसले फेरि विरोध जनायो । आइतबार भएको विरोधको क्रममा भएको धरपकड, पक्राउ तथा प्रहरी दमन बारे गृमहन्त्रीको जवाफ माग गरेका थिए । गृहमन्त्री उपस्थित नभएको भन्दै सभामुख कृष्णबहादुर महराले बस्न र सदन चल्न दिन अनुरोध गरे । उनले सदन चल्न दिए गृहमन्त्रीलाई उपस्थित गराएर जवाफ दिन लगाउने आश्वासन दिएपनि कांग्रेस सांसदले अवरोध कायम राखेपछि संसद १५ मिनेटको लागि स्थगित भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved